हेटौंडा । मकवानपुर क्षेत्र नम्बर–१ र मकवानपुर क्षेत्र नम्बर–२ का दुई उम्मेद्वार दोब्बर अग्रता बनाउँदै गएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बाट मकवानपुर–१ का उम्मेद्वार प्रकाश गौतम र मकवानपुर–२ का उम्मेद्वार प्रशान्त उप्रेती अन्य दल नेपाली काँग्रेस, नेपाली कम्युनिष्ट पार्टी (नेकपा), नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेद्वारलाई भारी मतले पछि दोब्बर अग्रतामा रहेका छन् ।
मकवानपुर क्षेत्र–१ का उम्मेद्वार प्रकाश गौतमको भने १० हजार मत कटि सकेको छ भने मकवानपुर क्षेत्र–२ का उम्मेद्वार प्रशान्त उप्रेतीले अहिले सम्मको नतीजा अनुसार ५ हजार भन्दा बढी मत ल्याइसकेका छन् । मनहरी गाउँपालिका निवासी प्रशान्त उप्रेती पेसाले हेटौंडा पर्यटन व्यवसायी सँगै शिक्षक पनि हुन् ।
यस्तै,हेटौंडा उपमहानगरपालिका वडा नम्बर–५ निवास पेसाल होटल व्यवसायी हुन् । जेनजी उमेर समूहका उम्मेद्वार उप्रेतीले पनि हालम्म ल्याएको मतको नतीजा अनुसार जीत निकाल्ने देखिएको छ । यद्यपि जिल्लाका दुबै क्षेत्रमा अझै मत गणना गर्न बाँकी रहेको छ ।
नेपाली काँग्रेसबाट उम्मेद्वार बनेकी महालक्ष्मी उपाध्याय डीना भने ८ हजारको मतले पछि परेकी छिन् । अहिले सम्मको नतीजा अनुसार डीनाले २ हजार २ सय १३ मत, नेकपा एमालेका रामेश्वर रानाले १ हजार ९ सय २७ मत, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का दीपकबहादुर सिंहले १ हजार १० मत र नेपाली कम्युनिष्ट पार्टी .(नेकपा)का विजय गौतमले ६ सय ६० मतले मात्र ल्याएका छन् । यस अघि ४ पटकको निर्वाचनमा पराजित भएपनि काँग्रेसकी डीनाले जितको लक्ष्यसहित चुनावी मैदानमा होमिएकी थिइन् । यद्यपि अहिले सम्मको मत गणना गर्दाको मत परिणाम अनुसार डीनाले हार व्यर्होर्नेनै देखिएको छ ।
४ पटक चुनावी मैदानमा होमिएकी डीनाले ३ पटक विरोध खतिडासँग र २०७९ सालको निर्वाचनमा राप्रपाका दीपकबहादुर सिंहसँग पराजित भएकी थिइन् । मकवानपुरका दुई क्षेत्रमा कूल ५९ प्रतिशत मत खसेको थियो । हिजो मतदान सम्पन्न भएपनि आज बिहानको सर्वदलीय बैठक बसेपछि करिब डेढ घण्टा ढिलो मत गणना गरिएको थियो । मकवानपुरमा दलीय र स्वतन्त्र गरेर दुई क्षेत्रबाट कूल ४४ जनाको उम्मेद्वारी परेको थियो । जस अर्न्तगर्त अन्य दल तथा स्वतन्त्र उम्मेद्वार भनेर भारी मतले पछि परेका छन् ।























प्रतिक्रिया दिनुहोस्