हेटौंडा । प्रतिनिधि सभा सदस्यको निर्वाचन अन्तर्गत हेटौंडा-४,स्थित भुटनदेवी माध्यमिक विद्यालयमा दुई क्षेत्र मत गणना भइरहेको छ । ब्लक ए मा मकवानपुर-१ को हेटौंडा-२ को मत गणना सकिँदा राष्ट्रिय स्वतन्त्र पार्टी
(रास्वपा)का उम्मेद्वार प्रकाश गौतमको अग्रह स्थानमा रहेका छन् । हेटौंडा-२ मा ३ हजार ४ सय मत खसेकोमा रास्वपाका उम्मेद्वार प्रकाश गौतम १ हजार ८ सय ५४ मतसहित अग्र स्थानमा रहेका छन् । यस्तै, नेपाली काङ्ग्रेसकी महालक्ष्मी उपाध्याय डीना ६ सय ६२ मतले दोस्रो स्थानमा रहेका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का दीपक बहादुर सिंंह ३२१ मत,नेकपा एमाले रामेश्वर राना २९१ मत र श्रम संस्कृति पार्टीकी विद्या महर्जन २८ मत सहित पछि परेका छन् । १ सय १३ मत बाकी रहेको छ । अन्य पालिकाको मत गणना गर्दा पनि रास्वपाको अग्रतामै रहेको छ ।





















प्रतिक्रिया दिनुहोस्