रौतहट । रौतहट क्षेत्र नम्बर–३ का प्रतिनिधि सभा सदस्य पदका उम्मेद्वार पुनम यादवले आफूले जनताको साथ पाएको कारणले इतिहास रच्ने दावी गरेकी छन् । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बाट यही फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको निर्वाचनको लागि प्रत्यक्षतर्फको उम्मेद्वार बनेकी पुनम यादवले घरदैलो कार्यक्रमको क्रममा परिवर्तनको नयाँ अध्याय सुरु भएको जानकारी गराउँदै आफ्नो साथमा जनता भएको बताएकी हुन् । उनले यस पटकको परिणाम दिने नेतृत्वको स्थापना हुने विश्वास दिलाएकी छन् ।

चुनाव केवल प्रतिनिधि छान्ने प्रक्रिया नभई क्षेत्रको भविष्य निर्धारण गर्ने अवसर रहेको कुराको उनले जीकिर गरेकी छन् । शिक्षा, स्वास्थ्य, रोजगारी र आधारभूत पूर्वाधारलाई प्राथमिकतामा राख्दै अघि बढ्ने उनको प्रतिवद्दता थियो । पुनम यादवले जनताको विश्वासलाई आफ्नो सबैभन्दा ठूलो शक्ति भएको बताउँदै मतदातालाई सोचेर निर्णय गर्न आग्रह गरेकी छन् ।