हेटौंडा । जिल्ला प्रहरी कार्यालय पर्साको विधुतीय अपराध अनुसन्धान शाखाले १० लाख रुपैयाँ बराबरको श्रोत नखुलेको हुण्डी रकमसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।विशेष सूचनाका आधारमा खटिएको चेकजाँच टोलीले वीरगञ्ज महानगरपालिका–१६, रजतजयन्ती चोक नजिक मङ्सिर १२ गते बिहान ९ बजे जाँच गर्ने क्रममा मधेश प्रदेश ०३–०२५ प ९८०७ नम्बरको मोटरसाइकललाई रोकजाँच गरेको थियो ।

जाँचका क्रममा मोटरसाइकलको बाँयातर्फ रहेको एयर फिल्टरभित्र लुकाइछिपाइ राखिएको नेपाली मुद्रा फेला परेको प्रहरीले जनाएको छ । बरामद रकममध्ये रु. १,००० दरका ७०० थान — रु. ७,००,०००, रु. ५०० दरका ६०० थान — रु. ३,००,०००, जसको जम्मा रु. १०,००,००० (दश लाख) बराबर हुन्छ।

उक्त रकमसहित भारत विहार राज्य, मोतीहारी–रक्सौल क्षेत्रका ५३ वर्षीय सुरेन्द्र साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनले चलाएको मोटरसाइकल समेत बरामद गरिएको छ । घटनासम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु कार्कीले जानकारी दिएका छन्।

रातो समाचार संवाददाता
थप जानकारी