हेटौंडा। जिल्ला प्रहरी कार्यालय धनुषाले अवैध चाँदी कारोबारको छानबिन गर्ने क्रममा जनकपुरधाम उप–महानगरपालिका वडा नम्बर- ४ सोनारपट्टी गल्लीमा झडप भएको जनाएको छ।
प्रहरीका अनुसार असोज ३१ गते संजय ठाकुरले संचालन गरेको सुनचाँदी पसलमा अवैध चाँदीको कारोबार भइरहेको गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाबाट टोली खटाइएको थियो। प्रहरीले कानुन अनुसार चेकजाँच गर्दा जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारीको नेतृत्वमा करिब १००–१५० जनाको भिडले प्रहरीलाई घेरा हालेर उच्छृङ्खल गतिविधि गरेको प्रहरीमाथि हातपात तथा ढुङ्गा–मुढा प्रहार गरेको बताइएको छ।
यो झडपमा १० जना प्रहरी घाइते भएका छन् भने प्रहरीको संचार उपकरण र गाडीमा समेत क्षति पुगेको छ। प्रहरीले बिल–बिजक नभएको ७.४३६ किलो ग्राम चाँदी बरामद गरी राजश्व अनुसन्धान कार्यालय, पथलैया पठाएको छ । प्रहरीले कानुन बमोजिम सम्बन्धित व्यक्ति तथा घटनामा संलग्न उपर कारवाही हुने पनि जानकारी दिएको छ ।















प्रतिक्रिया दिनुहोस्