हेटौंडा। नेपाल प्रहरीको ७०औं प्रहरी दिवसको अवसरमा पर्सा जिल्लाको वीरगञ्ज महानगर पालिकामा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । बिहीबार बिहान वीरगंज महानगरपालिका–८ स्थित जिल्ला प्रहरी कार्यालय पर्साको प्राङ्गणमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ६७ जनाले रक्तदान गरेका छन्।

समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत नेपाल प्रहरी प्रदेश कार्यालय बिरगंज पर्सा र जिल्ला प्रहरी कार्यालय पर्साको संयुक्त आयोजनामा  रक्तदान कार्यक्रम आयोजना गरिएको  रक्तदान कार्यक्रममा ५९ जना पुरुष प्रहरी, २ जना महिला प्रहरी र ६ जना सर्वसाधारण गरी कुल ६७ जनाले रक्तदान गरेका बताइएको छ ।

कार्यक्रममा नेपाल प्रहरी प्रदेश कार्यालय वीरगन्ज प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक शान्तिराज कोईराला, जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सुदिप राज पाठक, प्रहरी नायब उपरीक्षकहरू हरि बहादुर बस्नेत र किशोर लम्साल, जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक लोकराज भट्ट, पर्सागढी नगरपालिकाका प्रमुख, सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरू, तथा स्थानीय समुदायका प्रतिनिधिहरूको समेत सहभागिता रहेको थियो।

रातो समाचार संवाददाता
थप जानकारी