हेटौंडा । सुनसरी र झापाबाट प्रतिवन्धित लागूऔषध ब्राउन सुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामधुनी नगरपालिकाका ३३० वर्षीय सागर राई र मेचीनगर नगरपालिकाका ३६ वर्षीय शिव चौलागाईं रहेका छन् । सुनसरीको रामधुनी नगरपालिका– ५ का ३० बर्षीय सागर राईले लागू औषधको कारोबार गरिरहेको छ भन्ने बिशेष सुचनाको आधारमा लागू औषध नियन्त्रण ब्युरो विराटनगर, प्रस्तावित इलाका प्रहरी कार्यालय रामधुनी र पकलीबाट खटिएको प्रहरी टोलीले सागर राईलाई निजको दिदीको घरमा बसिरहेको अवस्थामा भदौ १५ गते फेला पारी सुरक्षाजाँच गर्दा उनको साथबाट प्रहरीले १०५ ग्राम ५६० मिलिग्राम ब्राउन सुगर बरामद गरेको थियो ।  ।

यस्तै, सोमबार इलाका प्रहरी कार्यालय काँकरभिट्टा झापाले  मेचीनगर नगरपालिका– ६ स्थितबाट सोहि स्थान बस्ने ३६ बर्षीय शिव श्रेष्ठलाई १ ग्राम १०० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो । लागूऔषध सहित पक्राउ परेका उनीहलाई प्रहरीले हिरासमदै राखेर अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।