सावित्री भण्डारी (साम्भा) । तस्बीर गुगलबाट

हेटौंडा । राष्ट्रिय महिला फुटबलकी टिम क्याप्टेन सावित्री भण्डारीलाई हेटौंडामा सम्मान गर्न लागिएको छ । सञ्चारिका समूह मकवानपुरले  हेटौंडा स्कूल अफ म्यानेजमेन्ट सोसिएल एण्ड साइनसको प्रयोजनमा फुटबल खेलमा योग्दान पु¥याएको कामको उच्च मूल्याङ्कन गर्दै महिला फुटबलकी टिम क्याप्टेन साम्बालाई सम्मान गर्न लागिएको हो । यही श्रावण १७ गते सञ्चारिका समूह मकवानपुरको आयोजनामा हुन लागेको देश चिनाउनेसँग हाम्रो चिनजान’ भन्ने कार्यक्रममा सहभागी हुन टिम क्याप्टेन साम्बा हेटौंडा आउन लागेकी छिन् । उक्त कार्यक्रममा टिम क्याप्टेन साम्बालाई ५० हजार रुपैयाँ नगद राशीसहित सम्मान गर्न लागेको अध्यक्ष निशा गुरुङले बताएकी छिन् । साम्बा आउन भएकोले हेटौंडा फुटबल खेलप्रेमीहरुमा पनि उत्साह छाएको अध्यक्ष निशा गुरुङले बताइन् ।

साम्बाले हासिल गरेको उपलब्धिका कारण नेपाली फुटबललाई दक्षिण एसियाबाट बाहिर पु¥याएर चिनाउने काम गरेको छ । उनले नेपाली महिला फुटबल खेलका लागि गरेको चुनौतीका कामहरु बुझेर त्यसालाई साक्षरता कायम गर्नका लागि कार्यक्रमको आयोजना गर्न लागेको उनले बताइन् । उनले गरेबमे खेलप्रेमीको यथार्थपरक योगदानले समाजमा प्रेरणा र सकारात्मक ऊर्जा प्रवाह गरेको यथावतै रहेको छ । यद्यपी म्यानेजमेन्टले गरेको सहयोगले महिला खेलकुदको सम्मान र प्रवद्र्धनमा महत्वपूर्ण टेवा पुग्ने छ ।

२०७२ वैशाखमा घले गाउँमा भएको महिला फूटबल प्रतियोगिताले सावित्राको जीवनमा अविश्वसनीय फड्को मारेको थियो । अन्य महिला खेलाडीभन्दा फरक ‘केटा जस्तै खेल्ने’ छरिती सावित्राको खेलमा रेफ्री बनेर आएकी शुक्रा लामाको आँखा परेको थियो । त्यसपछि असारमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबबाट उनलाई निम्ता आयो । तर गाउँ छोडेर एपीएफ आउँदा उनले केही प्रश्नको सामना परेको थियो । ‘शहरमा एक्लै नजा, बिग्रेलिस् !’, ‘छोरी मान्छेले एक्लै घर छाड्नुहुन्छ ?’ जस्ता प्रश्न उठेका थिए । तर, सावित्रा मान्नेवाला थिइनन् । “हलो जोत्न दिने । फूटबल खेल्न चाहिं नदिने ? मैले कसैको सुनिनँ”, उनी भन्छिन् ।

रातो समाचार संवाददाता
थप जानकारी