सुनचाँदी व्यवसायीहरु देशभरबाट आफ्नो व्यवसाय बन्द गरेर आन्दोलनमा उत्रिएका छन्। यसवर्षको आर्थिक वर्ष सकिने संघारमा छ ।
देशमा सरकारले बजेट विजियोजन गर्ने हरेक क्षेत्रमा व्यवसायीहरुले अर्थिक कारोबारको आयव्यको अडिट गरेर आन्तरिक राज्वस्व कर बुभाउने संघारमा रहेको अवस्था छ । अर्को तिर नयाँ बजेटमा लगाइएको २ प्रतिशत विलासिता कर तथा हिरा वा बहुमूल्य पत्थरमा लगाइएको १३ प्रतिशत भ्याट खारेज गर्न सरकारसँग माग भन्दै सुनचाँदी व्यवसायीहरुले कारोबार नै बन्द गरेर आन्दोलमा रहेका हुन् ।
यसैक्रममा मकवानपुर सुनचाँदी व्यवसासंघले पनि बिरोध गरेर बिभिन्न स्थानमा मागपत्र बुझाइसकेका छन् ।
तर पनि सुनुवाइ भएन भन्दै सुनचाँदी व्यवसायीहरु संघको कार्यलयबाट बिरोध व्यानर सहित शान्तिपुर्ण र्याली हेटौंडा बजार परिक्रमा गर्दै आफ्ने माग सुन्न आग्रह गरिरहेको छ । हेटौंडा बजार क्षेत्रको सुनचाँदी पसलहरु पनि बन्द रहेको दृष्य देखिन्छ ।यता दिनहूँ उपभोक्ताहरु आफ्रनो सुन बिक्रि गर्न आइरहेको दृष्य समेत देखिन्छ ।
सुन बिक्रि गर्न आउनेहरु भन्छन् “सुन बिक्रि गर्नेहरुले आप्नो मागका लागि सबै कारोबार बन्दगरेका छौं । हामी अप्ठेरोमा परेका छौँ । यो समस्या समाधान गर्नेहरुले किन चासो नलिएको ? सुन राखेर पैसा निकाल्न पाएका छैनौँ ।पैसाका कारण परेको सानो समस्या ठुलो भए जिम्मा कसले लिने ? पसल बन्द गरेर बसेका छन्, सबै सुन व्यवसायी । यो त राम्रो भएन ।”
तपाईहरुको बन्दले किन्न आउने त खासै समस्यामा नपर्लान । तर, बिक्रि गर्न आउने समस्यामा छन् । यसको जिम्मेवारी कसको ? भन्ने प्रश्न गर्दा , व्यवसायीहरु भन्छन् “सम्बन्धीतहरुले हाम्रो समस्या सुन्नुपर्यो । व्यवसायी र ग्रहाक दुबै यो देशको जनता हुन् । त्यसैले समाधान गर्न सरकार तयार हुनु पयो यत्ती हो ।”
सुन तथा सुनको गहनाहरुमा लागू गरिएको विलासिता कर र हिरामा लागू गरिएको मूल्य अभिवृद्धि कर (भ्याट) पूनविचार गरी खारेज गर्न, कारोबारलाई दीर्घकालिन रुपमा प्रोत्साहित गर्न छिट्टै ऐन र नियम तथा नीतिहरु निर्माण गर्न,निर्यात ढुवानीमा २ दशमलव ५ प्रतिशत टिडिएस लाग्ने व्यवस्थालाई खारेज गर्न माग गरेको बताइरहेका हुन् ।
सुनका गरगहनामा लगाइएको विलासिता कर पत्थरहरुमा १३ प्रतिशत कर कतिपय प्रवधानले सुनचाँदी व्यवसायी र उपभोक्तालाइ समेत मार पारेको अध्यक्ष पवन शाक्यले बताए ।
सुनको भन्सारमा ६५प्रतिसत कायम गर्न, सुनचाँदीको कारोबारको लागि प्रष्ट नीति नियमावली निर्माण गर्न र विलासिता कर खारेजको माग गरिरहेको बताए ।
अध्यक्ष शाक्य भन्छन् “हामीले सरकारले दिएको नीति अनुसार काम गरेका छौँ । हामीले माग गरेका हौं । माग सुन्नका लागि यसरी व्यवसाय बन्द गरेको देखेपछि किन बन्द भयो ? सुनचाँदी पसल ? सोध्नु पर्ने होइनर ? व्यवसायी सरकार ग्राहक सबैको तर्फबाट सोचेर उचित माग गरिरहेको र यसका निम्ति बन्दगर्दा परेको मारमा ग्रहाकवर्गहरुसँग भने क्षमा चाहान्छौँ ।”





















प्रतिक्रिया दिनुहोस्