हेटौंडा । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ । प्रतिष्ठानका डा.उपकुलपति प्रदीप ज्ञावलीको सभाध्यक्षमा तथा बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाको प्रमुख आतिथ्यमा कार्यक्रमको उद्घाटन समारोह भएको हो । कार्यक्रममा स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारी, विद्यार्थी र शिक्षकहरुगरी करिब ३ सय जनाको सहभागिता रहेको थियो । कार्यक्रममा विभिन्न व्यक्तित्वलाई सम्मान पनि गरिएको छ ।
कार्यक्रमको उद्धाटन समारोहमा बागमती प्रदेश सभा सदस्य कुमारी मोक्तान, प्रेमबहादुर पुलामी छिन्तु, सदस्य भारती पाठक, जिल्ला समन्वय समिति मकवानपुका सभापति ललितबहादुर घलान, हेटौंडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामा र भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाको उपस्थिति रहेको थियो ।

















प्रतिक्रिया दिनुहोस्