लागूऔषध गाँजा सहित प्रहरीले पक्राउ गरेको व्यक्ति ।

हेटौंडा । लागूऔषध गाँजासहित हेटौंडाबाट १ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले लागूऔषध गाँजा सहित दोलखा जिल्ला जिरी नगरपालिका वडा नम्बर–१ का ३२ वर्षीय अम्मर बहादुर तामाङलाई पक्राउ गरेको हो ।

बिहीबार पूर्वपश्चिम सडकखण्ड अन्तर्गत हेटौंडा–१५,स्थित रातोमाटे प्रहरीचौकीबाट खटिएको प्रहरी टोलीले हेटौंडाबाट कलैयातर्फ जाँदै गरेको बा.प्र.०१–०३०च १०४६ नम्बरको पिकअप गाडीलाई रोकेर अम्मर बहादुर तामाङको रितपुर्वक खानतलासी गर्दा गाडी भित्र लुकाई छिपाई ल्याएको अवस्थामा ९ पोकामा १०५ किलो ९०० ग्राम लागूऔषध फेला गरेको थियो । लागूऔषध सहित तामाङलाई नियन्त्रणमा लिएर हिरासदमै राखेर अनुसन्धान गरेको प्रहरीले जनाएको छ ।