फाइल तस्वीर ।

हेटौंडा । हेटौंडा–५,स्थित पिप्ले–क्याम्पा रंगशालामा जारी हेटौंडा उपमहानगरपालिका मेयरकप फुटबल प्रतियोगिताको फाइनलमा हेटौंडा–३ प्रवेश गरेको छ । मंगलबार भएको पहिलो सेमीफाइनल खेलमा हेटौंडा–१५ लाई हेटौंडा–३ ले २ –० गोलले पराजित गरेको छ । पहिलो हाफको ८ मिनेटमा हेटौंडा–३ का निरभ घलानले गोल गर्दै पहिलो अग्रता दिलाएका थिए । दोस्रो हाफको ३० मिनेटमा विजय दोङले गोल गर्दै अग्रतालाई बढाएका थिए ।

खेलको म्यान अफ द म्याच हेटौंडा-३ का निरभ घलान घोषित भएका छन् ।

हेटौंडा उपमहानगरपालिकाको सहयोगमा सुरु भएको प्रतियोगिताको उपाधि विजेता टिमले २ लाख ५० हजार रुपैयाँ सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले २ लाख रुपैयाँ सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीका लागि २० हजार रुपैयाँको नगद पुरस्कारको व्यवस्था गर्दा उत्कृष्ट फरवार्ड, मिडफिल्ड, डिफेन्स, गोलरक्षक र उत्कृष्ट प्रशिक्षकका लागि जनही १०÷१० हजार रुपैयाँको नगद पुरस्कारको व्यवस्था गरिएको छ । यस्तै, प्रत्येक खेलमा म्यान अफ द म्याच हुने खेलाडीहरुका लागि २ हजार रुपैयाँको नगद पुरस्कारको व्यवस्था गरिएको छ ।