हेटौंडा । नेपाल प्रेस युनियन जिल्लाशाखा मकवानपुरले हेटौंडा–१०,स्थित संस्कृति वेद विद्यालयलाई सहयोग गरेको छ । मंगलबार एक कार्यक्रमकोबीच पे्रस युनियन मकवानपुरले ३४ औँ स्थापना दिवसको अवसर शुभकामना आदान प्रदान सहित खाद्यान्न सामाग्री सहयोग गरेको हो । प्रेस युनियन मकवानपुरले संस्कृति वेद विद्यालयलाई करिब २० हजार रुपैयाँ बराबरको चामल, नुन, तेल दाल सहयोग गरेको हो ।

युनियनका अध्यक्ष सुवासी विडारीको अध्यक्षतामा तथा संस्थापक अध्यक्ष राममणि दहालको प्रमुख आतिथ्यमा खाद्यान्न वितरण गरिएको थियो । कार्यक्रममा वरिष्ठ पत्रकार प्रताप विष्ट, नेपाल प्रेस युनियन बागमती प्रदेश अध्यक्ष हरि हुमागाई, पत्रकार महासंघ मकवानपुर अध्यक्ष बालकृष्ण अधिकारीको उपस्थिति रहेको थियो । 

सामाग्री सहयोग गर्दा धार्मिक मन्त्री जाप गर्दै विद्यालयमा अध्ययन्रत विद्यार्थी ।