हेटौंंडा । हेटौंडामा जारी पाँचौं संस्करणको मेयरकप फुटबल प्रतियोगिता सेमीफाइनल समीकरण पूरा भएको छ । नगर खेलकुद विकास समितिको आयोजनामा सोमबार हेटौंंडा–५,स्थित पिप्ले–क्याम्पा रंगशालामा क्वार्टरफाइनल चरणको अन्तिम दुई खेलहरु सम्पन्न भएसँगै प्रतियोगिताको सेमीफाइनल समीकरण पूरा भएको हो । सोमबार भएको पहिलो क्वार्टरफाइनल खेलबाट जीत निकाल्दै हेटौंडा–११ र दोस्रो खेलबाट हेटौंडा–७ सेमीफाइनलमा प्रवेश गरेको छ ।
पहिलो खेलमा हेटौंडा–११ ले हेटौंडा–१ लाई २–० गोलले पराजित गरेको छ । हेटौंडा–११ बाट पहिलो हाफको ७ मिनेटमा र दोस्रो हाफको ५ मिनेटमा रोमन श्रेष्ठले समान एक÷एक गोल गर्दै दुई गोल पूरा गरेका थिए । खेलको म्यान अफ द म्याच गोलकर्ता रोमन श्रेष्ठनै घोषित भएका छन् । प्रतियोगिता अन्तर्गतपहिलो खेलमा हेटौंडा–११ विरुद्ध उजुरी दर्ता भएको छ । हेटौंडा–११ विरुद्ध खेल विवादका कारण उजरी दर्ता भएको खेल सम्बन्धीको निर्णय आउन बाँकी रहेको बताइएको छ । हेटौंडा–११ विरुद्ध गरेको उजरी लागेमा हेटौंडा–१ स्वत सेमीफाइनलमा प्रवेश गर्नेछन् ।
यस्तै, हेटौंडा–७ ले हेटौंडा–१८ लाई १–० गोलले हराएको छ । हेटौंडा–७ बाट दोस्रो हाफको ३ मिनेटमा सुजल लामा गोल गरे । उक्त गोल निर्णायक गोल बन्न पुगेको थियो । खेलको म्यान अफ द म्याच सुजन लामानै घोषित भएका छन् । प्रतियोगिता अन्तर्गत भोलिको पहिलो खेलमा हेटौंडा–३ र हेटौंडा–१५ बीच प्रतिस्पर्धा हुनेछ भने उजुरी नलागे हेटौंडा–११ र हेटौंडा–७ बीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजेबाट सुरु हुनेछ ।
हेटौंडा उपमहानगरपालिकाको सहयोगमा सुरु भएको प्रतियोगिताको उपाधि विजेता टिमले २ लाख ५० हजार रुपैयाँ सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले २ लाख रुपैयाँ सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीका लागि २० हजार रुपैयाँको नगद पुरस्कारको व्यवस्था गर्दा उत्कृष्ट फरवार्ड, मिडफिल्ड, डिफेन्स, गोलरक्षक र उत्कृष्ट प्रशिक्षकका लागि जनही १०÷१० हजार रुपैयाँको नगद पुरस्कारको व्यवस्था गरिएको छ । यस्तै, प्रत्येक खेलमा म्यान अफ द म्याच हुने खेलाडीहरुका लागि २ हजार रुपैयाँको नगद पुरस्कारको व्यवस्था गरिएको छ ।


















प्रतिक्रिया दिनुहोस्