हेटौंडा । नेकपा मओवादी केन्द्र निकट संगठन अखिल नेपाल खेलकुद महासंघको अध्यक्षमा पुष्पराज पुडासैनी चयन भएका छन् । शनिबार हेटौंडामा भएको दोस्रो वार्षिक साधारण सभा तथा अधिवेशनले पुडासैनीको अध्यक्षतामा ३१ सदस्य समिति चयन गरेको छ ।
२०६२ सालमा माधव कोइरालाको अध्यक्षतामा गणतान्त्रिक खेलकुद महासंघकको नाममा २५ सदस्य कार्यसमिति गठन गरेर सुरुवात गरेको थियो । २०७९ सालमा भदौ १० गते भएको प्रथम अधिवेशनबाट भोजराज पराजुली सर्वसम्मत अध्यक्ष पदम चयन भएका थिए ।
अध्यक्ष पराजुलिका अनुसार मकवानपुरको ६ वटा पालिकामा खेलकुद महासंघको समिति गठन गरेको हो । उनको नेतृत्वमा गठित संगठनले सहिद स्मृति अन्तरपालिका फुटबल प्रतियोगिता, बागमती गाउँपालिकामा भेट्रान्स फुटबल प्रतियोगिता र मकवानपुरगढीमा फुटसल प्रतियोगिता गर्न सफल भएको उनले बताए ।


















प्रतिक्रिया दिनुहोस्