हेटौंडा । रोटरी क्लब अफ हेटौंडाले दृष्टिीवीहिन विद्यार्थीका लागि संगीत शिक्षकको व्यवस्था गरेको छ । हेटौंडा–५,पिप्लेस्थित बालज्योति माध्यमिक विद्यालयमा दृष्टिीवीहिन विद्यार्थीका लागि दुई जना संगीत शिक्षकको व्यवस्था गरिएको हो । एक वर्षका लागि चयन भएका संगीत शिक्षक तुलुक लामा र सुनिल केसीले विद्यालयका ११ जना दृष्टिीवीहिन विद्यार्थीलाई सांगीतको प्रशिक्षण दिइनेगरी व्यवस्था गरिएको रोटरी क्लब अफ हेटौंडा वर्ष २०२४÷०२५ का अध्यक्ष प्रकाश ढकालले बताएका छन् ।
अष्ट्रेलियास्थित रोटरी क्लबस् अफ तास्मानियो आर्थिक सहयोगमा रोटरी क्लब अफ हेटौंडाले ३ वर्षदेखि संगीत शिक्षकको व्यवस्था गर्दै आएको अध्यक्ष ढकालले बताए । कार्यक्रममा रोटरी क्लब हेटौंडाका पूर्व अध्यक्षहरु, बालज्योति माध्यमिक विद्यालयका प्रधानध्यापक भरतप्रसाद अर्याल लगायतको उपस्थिति रहेको थियो ।























प्रतिक्रिया दिनुहोस्