प्रथम बागमती प्रदेश खेलकुद प्रतियोगिताको लागि मकवानपुरमा खेलाडी छनौट कार्य सम्पन्न भएको छ ।खेलाडीहरुमा महिला–पुरुष फुलबल, व्याडमिन्टन, क्रिकेट, तेक्वान्दो, महिला–पुरुष भलिबल, कराते, एथलेटिक्स्, र बक्सिङ खेलका लागि ८ बैकल्पिक खेलाडीगरि १ सय ३७ जना खेलाडीहरु छनौट गरिएको मकवानपुर खेलकुद विकास समितिले जनाएको छ ।
खेलाडीहरुमा बक्सिङमा ६, व्यटमिन्टनमा ९, एथलेटिक्समा १६, करातेमा १३, तेक्वान्दोमा १५, क्रिकेटमा १४ जना, महिला–पुरुष भलिवलमा बैकल्पिकसहित १४–१४, महिला फुटबलमा १८ र पुरुष फुटबलमा बैकल्पिक सहित २२ जना खेलाडीहरु छनौट गरिएको हो ।
प्रदेशको लगानीमा पहिलो पटक हुने प्रतियोगिता मा ८ करोड ४ लाख खर्च हुने अनुमान गरिएको जनाईएको छ।
प्रदेश खेलकुद बिकास परिषद्, बागमती प्रदेशको आयोजनामा हुन लागेको प्रतियोगिता यही फागुन २८ गतेदेखि सुरु हुनेछ भने । प्रतियोगिताको उद्घाटन हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगाशालामा बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डद्धारा गरिने समितिका सदस्य सचिव राजन दहाल खुसराज ले बताए ।























प्रतिक्रिया दिनुहोस्