हेटौडा – मकवानपुरगढी गाउँपालिकाले गाँउपालिका भित्र रहेका बिद्यालयहरुको अनुगमनलाई अघि सारेको छ ।
सरकारले ल्याएको विद्यालय शिक्षा विद्येयकमा आफ्ना मुद्दाहरु सुनुवाइ नभएको भन्दै राहत शिक्षकहरू निरन्तर आन्दोलन गरि रहँदा यसको प्रभाब आफ्नो पालिका भरका विद्यालयमा परेको विषयमा चासो राख्दै अनुगमनलाइ तिबूता दिइएको गाँउपालिकाले जनाएको हो ।
गाउँपालिकाको वडा नम्बर ८ बुढिचौरको रुपनारायण माध्यमिक माध्यामिक विद्यालय बाट सुरु गरिएको विद्यालय अनुगमन सुक्रबार वडा नम्बर ५ मा रहेको अमरसिंह प्रा.वि.को अनुगमन गरि सम्पन्न गरिएको होे ।
गाँउपालिका भरमा १० वटा मावि , ७ वटा निमावी र २० वटा प्रा.वि.को गरि ३७ वटा विद्यालयकामा अनुगमन गरिएको हो ।
यसै विषयमा बोल्दै आईतबार देखि आफुहरु बिद्यालयको अनुगमन निस्केको र यसलाई नतिजामा निकाल्न काम गरिएको अध्यक्ष दोर्जे लामा स्याङतानले बताए । शिक्षामा सकारत्मक परिवर्तन ल्याउने उद्देश्यका साथै सामुदायिक बिद्यालयहरुको शिक्षाको गुणस्तरलाई प्रभाबकारी बनाउन आफुहरू पालिकाभरका सबै सामुदायिक विद्यालयको अनुगमन गरिएको अध्यक्ष स्याङतानको भनाई छ ।
विद्यालयको अनुगमनले गाउँपालिका अध्यक्षद्धारा अनुगमन हुनु सकारात्मक पक्ष भएको र आफुहरुलाई समेत विद्यालयको समस्या दर्शाउन सजिलो भएको अभिभावकहरुले बताए ।
अध्यक्ष दोर्जे लामा स्याङतानको नेतृत्वमा गरिएको अनुगमनमा शिक्षा प्रमुख राम घलान, श्रोत शिक्षक दासरती उपाध्याय भण्डारी लगाएतको सहभागिता रहेको थियो ।



















प्रतिक्रिया दिनुहोस्