राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले हेटौंडा उपमहानगरले ४ मन्त्रालयमा पठाउने भन्दै सुझाव संकलन गरेको छ ।
सोमबार हेटौंडा स्थित बुद्धचमेकमा विशालराज महतको संयोजनमा सुझाव संकलन कार्यक्रम गरिएको रास्वपाले जनाएको छ ।

संगठन विभाग प्रमुख समेत रहेका महतको संयोजनमा सूरु गरिएको सुझाव संकलन २ दिन चल्ने र समय थप समेत हुन सक्ने जानकारी गराइएको छ ।

जनताको मनमा लागेका र भोगेका बिभिन्न समस्याहरु संकलगरेर समाधानका निम्ति मन्त्रालय सम्म पुर्याउनका लागि अभियान चलाइएको संयोज विशालराज महतले बताए ।

जनताको गुनासो अनि सुधारका निम्ति र  जनताले पाउनुपर्ने सेवाका लागि सरकारको तर्फबाट गर्नुपर्ने कुराहरु गृह, शिक्षा, श्रम तथा खेलकुद मन्त्रलायमा पठाइने महतले बताएका हुन् ।