मकवानपुर जिल्ला फुटबल संघद्धारा आयोजित स्थानीय तह छैठौँ सहिद स्मृति अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकप फुटबल प्रतियोगितामा माघ २७ गते न्युरोडटिम एनआरटी र नेपाल एपिएफ क्लब काठमाडौँ विच फाइनल खेलको भिडन्त हुने छ ।
हेटौडा–१५ स्थित न्युडाँफे युथको व्यवस्थापनमा सुरु भएको खेल अन्तरगर्त शनिबार दिउसो २ बजे एनआरटी र एपीएफ विचको भिडन्त हुने भएको हो ।
१७ गते बुधबार गौरीटार रंगशालाको खेल मैदानमा भएको खेलमा हिमालयन शेपालार्ई ३–०गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनल खेलमा पनि टाइब्रेकरमा चर्च ब्वाइ युनाइटेडलाई ४–३ को गोल अन्तरले पराजित गर्दै एनआरटी सेमी फाइनलमा पुगेको हो ।
सेमीफाइनलमा रारा क्लब धनकुटासंगको भिडन्तमा एतिहासिक टाब्रेकर सडेनडेथमार्फत १९ पटक पेनाल्टी सुटआउटमा १७–१६ गोल अन्तरले रारालाई पराजित गर्दै फाइनल भिडनतका लागि एनआरटी रहेको छ ।
त्यस्तैगरि अर्कोतर्फ नेपाल एपिएफ क्लब काठमाडौँ फाइनल भिडन्तमा तयार भएको छ ।
१८ गते बिहिबार नेपाल एपिएफ क्लब काठमाण्डौँ र मछिन्द्र क्लबको भिडन्तमा टाइब्रेकरमा ४– ३ गोल अन्तरले मछिन्द्रलाई पराजित गर्दै क्वाटर फाइनल खेलमा प्रबेश गरेको नेपाल एपिएफले माघ २३ गते थ्रिस्टार क्लब ललितपुरलाई ४–० गोल अन्तरले पराजित गर्दै सेमीफाइनल तर्फ बढेको हो ।
माघ २५ गते विहिबार बागमती युथ क्लब सर्लाहीलाई ४–० गोल अन्तरले बागमती युथलाई पराजित गर्दै फाइनल खेलको भिडन्तमा पक्का भएको एपिएफ रहेको छ ।
खेलका लागि १२ वटा समुह सहभागिता रहेको र प्रतियोगितामा प्रथम हुने समुहले नगद १५ लाख रुपैयाँ र दोस्रो हुने समुहले १० लाख रुपैयाँ सहित शिल्ड मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तैगरि सर्वोकृष्ट खेलाडीले ३५० सिसिको बुलेट बाइक प्राप्त गर्नेछन् । सो बुलेट बाइकको हेटौंडा–४ का निवासी सन्तोष गौतमले बुलेट बाईकको प्रयोजन गरेका छन् ।
प्रतियोगिताका विधागत पुरस्कार अन्तरगर्त प्रत्येक खेलको म्यान अफ द म्याचलाई नगद १० हजार रुपैयाँ उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड र प्रशिक्षकलाई जनही २५ हजार रुपैयाँ नगद पुरस्कारको व्यवस्था समेत गरिएकोे छ ।
फाइनल खेलको भिडन्तमा प्रबेश गरेसंगै शुक्रबार पत्रकारसंगको कुराकानीमा एनआरटीका प्रशिक्षक जिवन सिन्केमान र एपीएफका प्रशिक्षक सुमन श्रेष्ठले आफ्ना खेलाडीहरुमाथि विश्वास रहेको बताएका छन् ।
प्रशिक्षक सिन्केमान र श्रेष्ठले विपक्ष समुह कमजोर नभएको र खेलमा जितको आशाबादी रहेको बाजी आफ्नो हातमा हुने बताए ।
फाइनल भिडन्तमा प्रबेश गरेसंगै शनिबारको भिडन्तमा दुबै समुह पक्षहरुले समेत जितको उपाधी आफ्नो समुहको हातमा हुने दाबी गरिरहेका छन् ।
फाइनल खेलको भिडन्तमा कसले मार्ला बाजी ?














प्रतिक्रिया दिनुहोस्