रोशन दिप – हेटौडा – ४ नारायणी मलमा रहेको एनएस सिनेमा हलमा पुस २७ गते शुक्रबार देखि साउथ हिन्दी मुवी ‘क्याप्टेन मिलर’ र नेपाली मुवी चित्रा रिलिज हुदैछ ।
दक्षिण भारतीय सिनेमा ‘क्याप्टेन मिलर’ सिनेमाको गत आइतबार ट्रेलर सार्वजनिक भएको थियो । सिनेमाको ट्रेलर सार्वजनिक भएसँगै दर्शक तथा वितरकको नजरमा परेको थियो । सार्वजनिक ट्रेलर सिनेमाप्रति दर्शकमाझ कौतुहल्ता पैदा गर्न सफल भएको छ । जसले गर्दा सिनेमाको नेपालमा पनि माग बढेपछि वितरकले सिनेमा नेपाल ल्याउन इच्छा देखाएका थिए ।
शुक्रबारबाट नेपालमा पनि रिलिज हुने सिनेमाले बेलायती साम्राज्यविरुद्ध संघर्षको कथा पेश गर्छ । हिंस्रक चरित्रमा देखिएका धनुषले आफ्नो गाउँ र खानीलाई अंग्रेज साम्राज्यबाट जोगाउन संघर्ष गरेको देखिन्छ । सार्वजनिक ट्रेलरको अन्त्यमा उनी बेलायती सेनाको लागि काम गर्ने सिपाही थिए र क्याप्टेन मिलर नामले परिचित रहेको देखाइएको छ ।
सिनेमामा राखिएका अधिक हिंसाका दृश्य भारतीय सेन्सर बोर्डले ४० प्रतिशत हटाउन निर्देशन दिएको भारतीय मिडियाले उल्लेख गरेका छन् । अनि बेलायतविरुद्ध प्रयोग गरिएका अपशब्द हटाउन पनि सेन्सर बोर्डले आदेश दिएको छ ।
अरुण माथेश्वरनद्वारा निर्देशित सिनेमामा धनुषका अलवा प्रियंका मोहन, शिवराज कुमार, निवेदिता सतीश, विनायकन, र सन्दीप किशन मुख्य भूमिका रहेको छ ।
बाबुछोरीको कथामा बनेको पारिवारिक फिल्म चित्रामा एक्सनका दृश्यहरू समेत समावेश छन् ।
घनश्याम लामिछानेको निर्देशनमा बनेको फिल्ममा पुराना देखि नयाँ कलाकारहरूको अभिनय छ । सन्तोष अधिकारी, अर्पण थापा, प्रमोद अग्रहरी, मेनुका प्रधान, सुवेक्षा खड्का, अञ्जना बराईली, सिम्रन खड्का लगायतले फिल्ममा अभिनय गरेका छन् ।
सन्तोष अधिकारी यही फिल्मबाट नेपाली रजतपटमा डेब्यु गर्न लागेका हुन् । अजय अधिकारीको कथा र मनिष गौतमको पटकथा रहेको यो फिल्मको निर्माता आशिष थापा मगर हुन् । अभिनेता अधिकारी कार्यकारी निर्माताका रुपमा समेत रहेका छन् । फिल्म पुस २७ गते शुक्रबारबाट रिलिज हुदैछ।
अब यी चलचित्र मध्ये बक्स अफिसमा कसले बाजी मारलान त्यो त समयले नै बताउँछ तर तपाईँ भने एनएस सिनेमा हलमा गएर आफुलाई मन परेको मुवी हेर्न न छुटाउनु होला ।
टिकट लिनको लागि एन एस सिनेमा हलको चौथो तल्लामा रहेको काउन्टरमा जानसक्नु हुने छ । हलको संपर्क नम्बर ०५७-५२०९४९ मा अग्रिम बुकिङ्ग गर्न सकिने एनएस सिनेमा हलका संयोजक किशोर राज पौडेलले बताए ।























प्रतिक्रिया दिनुहोस्