मकवानपुर जिल्ला खेलकुद विकास समिति र औद्योगिक शान्ति नेपाल संस्था काठमाडौंको संयुक्त आयोजनामा गएको पुष ५ गते देखि बागमती प्रदेशको राजधानी हेटौंडामा वृहत् खेलकुद तथा व्यापार महोत्सव चलिरहेको छ ।

हेटौंडा–१० भुटनदेबी मन्दिर जाने बाटोको चौरमा जारी महोत्सवमा मंगलबार गायिका ज्योती मगरको प्रस्तुतीले दर्शकलाई नचाएको छ ।

 

मंगलबार बिदाको दिन भएकोले पनि निकै दर्शकहरुको उपस्थिति रहेको थियो भने उनले सांगितिक प्रस्तुती दिदै आफैं नाच्दै स्टेज ताताएकी थिइन् भने उनलाई दर्शकहरु पनि नाचेर साथ दिएका थिए ।

महोत्सवमा लोक गायक पशुपति शर्मा आउने भनिएपनि कारण उनी आयन सकेनन् भने कलाकारहरु ध्रुब बिस्को, मनोज गोर्खाली, केको सिङ लगायतको समेत प्रस्तुती रहेको थियो ।

जारी महोत्सवमा बुधबार भने चर्चित लोक गायक बद्री पंगेनी, हेमन्त शर्मा, राजेन्द्र गुन्द्रुके, मिना गिरी लगायत कलाकारको प्रस्तुती रहने आयोजकले जनाएको छ ।

महोत्सवमा करिब २ सय ६० वटा स्टल रहेका छन् ।
स्टलमा बिभिन्न घरेलु उत्पादनका सामाग्री, कृषि, पर्यटन, हस्तकला, अटोमोबाइलका सामाग्री लगायत उपभोग्य बस्तुहरु राखिएका छन् ।

महोत्सवमा सांगीतिक प्रस्तुती, खेलकुद प्रतियोगिता, राष्ट्रिय महिला भलिबल प्रतियोगिता भइरहेसंगै नेपालका चर्चित राष्ट्रिय कलाकारको सांगीतिक तथा मनोरञ्जनात्मक प्रस्तुती समेत भइरहेको छ ।