हेटौंडा उपमहानगरपालिका-२ मा रहेको गणपति बाबा बचत तथा ऋण सहकारी संस्था लि.ले १२ औ बार्षिक साधरण सभा सम्पन्न गरेको छ ।

संस्थाका अध्यक्ष बिष्णु प्रसाद घिमिरेको सभाध्यक्षता हेटौडा उपमहानगरपालिकाका मेयर मिना कुमारी लामाको प्रमुख आतिथ्यतामा सम्पन्न साधरणसभामा संस्था स्थापना देखी हाल वर्तमान अवस्था सम्म भएका बिभिन्न गतिबिधि उपमहानगरपालिका क्षेत्रभित्रका दश वटा वडामा कारोबार गरीरहेको जानकारी गराइएको छ।

जानकारी गराए अनुसार महिला पुरुष गरी २ हजार २ सय १४ जना सेयर सदस्यहरु रहेको र उपमहानगरपालिका क्षेत्रभित्रका दश वटा वडामा कारोबार गरीरहेको छ ।

सोही क्रममा कोषाध्यक्ष भिम प्रसाद तिमल्सिनाबाट प्रस्तुत आव २०७९र८० को र प्रस्तावित आर्थीक प्रतिबेदन २०८० सर्बसम्मत रुपमा पारीत भएको छ ।

सचिव झलक प्रसाद गौतमको सचिव प्रतिवेदन, लेखा समिति संयोजक संन्तोष पराजुलीको प्रतिबेदन कार्यबहाक अध्यक्ष कमलराज मैनाली द्धारा पास गरिएको छ।

यसैविच प्रमुख अतिथि मिना कुमारी लामाले कार्यक्रमलाई सम्बोधन गर्दै हेटौंडा उपमहानगर मेयर मिना कुमारी लामाले उपमहानगर भित्र रहेका सहकारीमा देखा परेको समस्या समाधान गर्नुपर्ने बताइन् ।
उनले सहकारी मार्फत धेरै ले आयआर्जनमा  पाइरहेकाले  परिआएका समस्या समाधान गरेर सहकारीलाई सबल बनाउन लागीपरेको उल्लेख गरिन् ।
संस्थाका अध्यक्ष बिष्णु प्रसाद घिमिरेले सहकारीका विषयमा जानकारी दिदै सहकारी अब्बल बन्नुमा सबैको साथ रहेको बताए ।

आगमाी दिनमा पनि सहकारीलाई सफलता र प्रगति तर्फ जानआफु लागिरहने उल्लेख गर्दे हाल आफुले आफ्रनै व्यक्तिगत काम भएकालृे संस्थामा समय दिन नसकेको भन्दै अध्यक्ष पदबाट राजिनामाको घोषणा गरे ।

घिमिरेको घोषणलाई मध्यनजर गर्दै ब्यक्तीगत समस्यामा गरिएको राजिनामा स्वीकृत गर्दै साधरण सभाले नै उपाध्यक्ष कमलराज मैनालीलाई अध्यक्ष पदमा सर्बसम्मत चयन गरेको छ ।