बागमती प्रदेशको रानधानी हेटौँडामा खाना महोत्सवको हुने भएको छ ।

होटल एशोसिएसन अफ मकवानपुरको आयोजनामा आउदो पुस १३, १४ र १५ गते सडक खाना महोत्सव हुने विहीबार पत्रकार सम्मेलन गर्दै जानकारी गराइएको हो ।

सडकमा खाऔं र सडकमै रमाऔं भन्ने मुल नाराका सन् २०२४ को स्वागत गर्दै तीनदिन महोत्सव गरिन लागेको लागिएको एशोसिएसनका कार्यबहाक अध्यक्ष एंव महोत्सव कार्यक्रम संयोजक विष्णुगोपाल महर्जनले बताए ।

कोभिड लगायतविविध कारणले विगत ४ वर्ष देखी गर्न नसकेको खाना महोत्सव यस वर्ष भने हुप्राचौरको पुर्वी क्षेत्रको सडकमा गर्न लागिएको बताए ।
स्थानीय उत्पादनका खानाका परिकार, स्थानीय कलाकारहरुको प्रस्तुती रहने बताउदै महोत्सवमा रहने संयोजक महर्जनले बताए महोत्सवमा ४० वटा स्टल रहने छ भने हरेक स्टल बापत ७ हजार पाँच सय लिइने जानकारी दिए ।

पत्रकार सम्मेलनमा एशोसिएसनका संस्थापक अध्यक्ष भगिरथ शर्मा, एशोसिएसनका पुर्व अध्यक्ष शंकरलाल श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।