हेटौंडा उपमहानगरपालिका स्थित वडा नम्बर १३ पदमपोखरी टुटेपानीमा रहेको एक गोठमा आगलागि भएको छ ।

आइतबार साझ ६ बजेर ४५ मिनेटको समयमा  सोही स्थानका उत्तम गुम्जाको घर संग जोडीएको जस्ता र काठले बनेको गोठमा एक्कासी आगलागी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

आगलागी हुँदा १५०० किलोग्रामको मकै, ३५० क्यु फिटको सालको काठ गोठमा प्रयोग भएको, जस्तापाता ९ फिटको १३५ पिस जलेर नष्ट भएको छ।

उक्त घटनामा परेर गुम्जाले पालन गरेको राँगाको अगाडि पछाडि र खुट्टा जलेको छ ।

प्रहरीले दिएको जानकारी अनुसार आगलागि हुनसाथ पदपोखरीको प्रहरीको सहयोगका साथै हेटौंडा उपमहानगरको दम्कल, र पदमपोखरीको स्थानिय बासिहरुले ७ : ३० मिनेटको समयमा आगलागी  नियन्त्रणमा लिएका थिए ।

मानविय क्षति नभएको प्रहरीको भनाइ छ ।