हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१० को आयोजनामा घरेलु उत्पादन प्रर्दशनी तथा नृत्य प्रतियोगिताको आयोजना हुने
भएको छ ।

मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै आगामी आउँदो पुस २ र ३ गते हेटौंडाको बसपार्कमा उक्त कार्यक्रमहरु गरिने भएको १० नं. वडाकार्यलयले जनाएको छ ।

 

हेटौंडाका १९ वटै वडामा रहेका घरेलु उत्पादनलाई प्रदर्शनीमा राख्ने र प्रदर्शनीमा नृत्य प्रतियोगिता समेत गरिने वडाध्यक्ष फुर्वा दोर्जे लामाले बताए ।

पत्रकार सम्मेलन मार्फत जानकारी गराउदै प्रदर्शनीमा ३० वटा स्टलहरू राखिने र स्टलहरू निंशुल्क उपलब्ध गराइने बताएका हुन् ।

नृत्य प्रतियोगितामा प्रथम हुने समुहलाई नगद ५० हजार, द्वितीय हुने लाई ३५ हजार र तृतीय हुनेलाई २० हजार रुपैयाँ प्रदान गरिने बताएका हुन् ।
वडाध्यक्ष फुर्वा दोर्जे लामाको सभाध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा वडाका सदस्यहरूल कर्मचारी सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।