बागमती प्रदेशमा रहेको प्रकृतिक जलाशय मत्सय प्रर्वद्धन एवं संरक्षण केन्द्र मकवानपुरले शुक्रबार सार्वजानिक सुनुवाई कार्यक्रम गरेको छ ।
हेटौँडा उपमहानगर– ५ स्थित माछाप्लान भनिदै आएको मत्सय प्रर्वद्धन एवं संरक्षण केन्द्रमा सार्वजानिक सुनुवाई कार्यक्रम अन्तरगर्त जलशायमा रहेको माछा लगायत जलजिवहरुको अवस्था र सो स्थानमा भएका गतिबिधिबारे जानकारी गराइएको हो ।

केन्द्रका प्रमुख सरोज कुमार यादवको सभाध्यक्ष तथा तथा जिल्ला समन्वय समितिका सभापति ललित घलानको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा आ.व. ०७६ – ७७ देखि आ.व.२०७९– ८० सम्ममा राजश्वमा वार्षिक औसत वृद्धि भएको बारे जानकारी गराइएको हो ।
उक्त कार्यक्रम मार्फत मत्सय प्रर्वद्धन एवं संरक्षण केन्द्रका बिभिन्न गतिबिधि प्रति स्थानियहरुले प्रश्न समेत गरेका थिए ।
उक्त कार्यक्रममा जिल्ला प्रशासन प्रमुख सरोज पौडेल, वडा–५ का वडाध्यक्ष अध्यक्ष शुसिल घिमिरे, बिभिन्न क्लबका प्रतिनीधि, स्थानिय बासिन्दा, सञ्चारकर्मी लगायतको उपस्थिती रहेको थियो ।






















प्रतिक्रिया दिनुहोस्