मकवानपुरको मनहरी गाउँपालिका चौथो अध्यक्ष कप फुटबल प्रतियोगिता २०८० हुने भएको छ ।
खेलकुद विकास समिति मनहरीको आयोजनामा मंसिर ३० गतेबाट सुरु हुने प्रतियोगिताको तयारी पुरा गरिएको जानकारी गराइएको छ ।
शनिबार पत्रकार सम्मेलन आयोजना गर्दै खेल तालिका समेत सार्वजनिक गरेर खेल मैदान मर्मत, आन्तरिक व्यवस्थापन लगायत सम्पूर्ण तयारी पूरा भएको जानकारी दिइएको हो ।
गाउँपालिकाका सबै वडा सहभागिता रहनेछ भने नकाउट आधारमा सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद १ लाख र उपविजेताले ५० हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जानकारी गराएको हो।
प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीले नगद १० हजार रुपैयाँ प्राप्त गर्नेछन् भने विधागत तर्फ उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्डलाई जनही ५र५ हजार रुपैयाँ प्रदान गरिने छ ।
करिब आठलाख ५० हजार रुपैयाँ लागत अनुमान गरिएको र गाउँपालिकाले प्रतियोगिताका लागि ७ लाख रुपैयाँ विनियोजन गरेको हो ।
अध्यक्ष रञ्जन कालाखेतीको सभाध्यक्षतामा गरिएको पत्रकार सम्मेलनमा उद्घाटनका दिन मनहरी गाउँपालिकाबाट जुनियर राष्ट्रिय टोलीमा समावेश भएका दुईजना फुटबल खेलाडीलाई सम्मानित गरिनेछ जानकारी गराएको हो।














प्रतिक्रिया दिनुहोस्