हेटौंडा उपमहानगरपालिकामा कार्यरत कर्मचारीहरुले पेन डाउन भन्दै आन्दोलन सूरु गरेका हुन् ।

संघीय निजामती सेवा ऐन संसद्बाट पारित हुनुपर्ने मागका लागि भन्दै स्थानीय तहका कर्मचारीले आन्दोलन सूरु गरेका हुन् ।

हेटौंडा उपमहानगर कार्यालयमा कार्यरत कर्मचारीहरुले कार्यलयको प्राङ्गनमा धर्ना दिदै पेन डाउनको नाममा अत्यावस्यक बाहेकका सबै काम ठप्प पारिएको कर्मचारीहरुको भनाइ छ ।

गएकोअसोज १३ गतेको भेलाले स्थानीय तह कर्मचारी केन्द्रीय संघर्ष समिति बनाएरै आन्दोलनमा जाने निर्णय अनुसार संसद्बाट ऐन पारित हुनुपर्ने र उपमहानगरपालिकाका सम्पूर्ण कर्मचारीले माग गरेका हुन्।

मागको सम्बोधनका लागि आन्दोलनका कार्यक्रमहरु निरन्तर रुपमा पेन डाउन अनुरुप गरिएको बताएका हुन् ।

संघीय निजामती सेवा ऐन नबन्दा सबैभन्दा पीडित स्थानीय तहका कर्मचारी भएकोले आफूहरूका माग समेटेर विधेयक पारित हुनुपर्ने र सो नभएकोमा आफूहरू आन्दोलित बनेको र स्थानीय तहका कर्मचारीले २० बुँदे माग अघि सारेका छन्।