हेटौँडाः नयाँ युवा नयाँ सोच नेपाल मकवानपुरको अध्यक्षमा भोजराज संजेललाई चयन गरिएको छ । संजेलको नेतृत्वमा बुधबार ११ जनाको कार्यसमिति सर्वसम्मत चयन गरिएको हो ।

उपाध्यक्षमा गौरी केसी, सचिवमा अन्जन सापकोटा, सहसचिवमा आशा दुलाल, कोषाध्यक्षमा सविता परियारलाई चयन गरिएको छ । यस्तै सदस्यमा जमुना थिङ, अनुप अधिकारी, अनोज बुढाथोकी, निकेश भण्डारी, पवित्रा विश्वकर्मा, अस्मिता तिल्सिनालाई चयन गरिएको छ ।