हेटौंडा उपमहानगरपालिका बजार क्षेत्रमा घरसँगै जोडेर निर्माण गरेको मापदण्डविपरित संरचना हटाउने अभियान चलेको छ ।

बजारक्षेत्रमा रहेका मापदण्डविपरित निर्माण गरिएका संरचना भत्काउन सुरु गरेको उपमहानगरले जनाएको छ ।

नगर प्रहरी प्रमुख नेत्रप्रसाद ढकालको कमाण्डमा गएको सोमबारदेखि उपमहानगर बजार क्षेत्रमा रहेका सडकपेटीमा राखिएको सामग्री र मापदण्डविपरित बनाइएका ट्रसका संरचना टप, र होडिङ्ग बोडहरु हटाउन सुरु गरेको हो ।

त्रिभूवन राजपथको चौकिटोल ओरालो देखि पुर्वपश्चिम राजमार्गको राप्तिरोड हेटौंडा अस्पताल अगाडि सम्म क्षेत्रमा अस्थाई टप हटाएको हो ।

बजार क्षेत्रका पसल तथा व्यावसायिकहरुले पैदलयात्रुलाई हिड्नै असहज हुने सडकपेटीमा राखेको सामाग्री र मापदण्डविपरित बनाइएका ट्रसका संरचना हटाइएको नगर प्रहरी प्रमुख ढकालले बताए ।

उद्योग वाणिज्य संघ अगाडिबाट सुरु गरिएसंगै सो क्रमलाई जारी राखिएको हो ।

बिभिन्न वडामा पसल व्यवसायीले राखेको प्रचार प्रसारका लागि घरसँगै जोडेर बनाएको अस्थाई टप हटाउने काम चलिरहँदा २५ मिटर सडक विस्तारको कामलाई पनि अघि सारिने जनइएको हो ।