रवि लामिछाने नेतृत्व राष्ट्रिय स्वतन्त्र पार्टीको हेटौंडा उपमहानगरपालिका संगठन बिभाग प्रमुखमा बिशालराज महत चयन भएका छन् ।

वडा नं ५ को वडा विस्तारित भेलामा १३ सदस्य कमिटि गठन भएसंगै हेटौंडा उपमहानगर ५ का स्थानिय समेत रहेका महत बिभाग प्रमुखमा चयन भएका हुन् ।

उपमहानगर अध्यक्ष धुर्व विष्टको सभाध्यक्ष जिल्ला अध्यक्ष भरत पराजुलीको प्रमुख आतिथ्यतामा सम्पन्न वडास्तरिय भेलामा बिभिन्न व्यक्तीत्वहरु पार्टी प्रवेश गरेका थिए ।

राजनितीमा सक्रिय रहेर काम गरिरहेसंगै सामाजिक कार्य र सेवामा समेत काम गरेका महत पार्टी प्रवेश गर्दै बिभाग प्रमुखको जिम्मेवारी लिएका हुन् ।

जनताकै आवज बन्ने भन्दे भन्दै गएको स्थानिय निर्वाचनमा धारा चुनाव चिन्ह लिएर   ५ नम्बर वडाध्यक्षको स्वतन्त्र  उम्मेदवार बनेका महतले बाटो नयाँ अभियान पुरानो भन्दे पार्टी प्रवेश गरेको बताए ।

बिगतदेखिनै हरेकको गतिबिधि नियाल्दा अहिलेको अवस्थामा विकल्प भनेको नै राष्ट्रिय स्वतन्त्र पार्टीनै भएको महशुस भएको बताए ।
महत भन्छन् “म हिजो पनि समाजकै काम गर्ने हो , आज पनि ।  पार्टीले कामगर्ने व्यक्ती भनेर बाटो दिएको छ । त्यसकालागी म आभारी छु ।”