चितवन क्षेत्र नम्बर२ मा भएको उपचुनावमा निर्वाचित प्रतिनिधि सभा सदस्यमा पुनः दोस्रो पटक रवि लामिछाने विजयी भएका छन् ।
यसअघि विजयी भएका लामिछाने को नागरिकता विवादमा पद गुमेसँगै उपचुनाव भएको हो ।
सर्वोच्च अदालतको आदेशअनुसार नागरिकता जिल्ला प्रशासन कार्यालयबाट कायम गराएर लामिछानेले फेरि चुनावी प्रतिस्पर्धामा भारीमत सहित विजयी भए ।लामिछाने ५४ हजार १ सय ७६ मतसहित विजयी भएका हुन् ।
उनको निकटम प्रतिद्धन्दि नेपाली कांग्रेसका जितनारायण श्रेष्ठले ११ हजार २ सय मत पाए ।एमालेका रामप्रसाद न्यौपानेले १० हजार ९ सय ३५ मत पाएका हुन् ।
विजयी घोषणा गरी लामिछानेलाई प्रमाणपत्र समेत प्रदान गरिएको छ ।लामिछानेलाई मुख्य निर्वाचन अधिकृत वासुदेव न्यौपानेले मङ्गलवार दिउँसो प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेका हुन् ।





















प्रतिक्रिया दिनुहोस्