राष्ट्रिय प्रजातान्त्रिक यातायात मजदुर संघ मकवानपुरद्धारा घोषणा गरेको आन्दोलनलाइ स्थथित गरेको जनाएको छ ।

उपमहानगरपालिकाको बिभेदकारी राजनीतिकरण बन्द गरी, सुनिश्चित स्टिकर प्रणाली तत्काल लागू गर्नुपर्ने विषय उठाएका थिए ।

२०७६ पौष ७ गते भन्दा पहिलेका कागजपत्र पुगेका ले पुर्ण ३ पाङ्ग्रे सवारी साधानलाई यथासिघ्र ७ दिन भित्र हरियो स्टिकर टाँस गर्ने सहमती भएको बताइएको छ ।

हेटौंडा उपमहानगरपालिका द्धारा गठित ३ पाङ्ग्रे सवारी साधान व्यवस्थापन एवम् फुटपाथ व्यवस्थापन समिति संयोजक राजेश बानियाँको नेतृत्वमा बसेको बैठकले  माग सम्बोधन गर्ने सहमती भएको हो ।

हेटौंडा उपमहानगर पुगेर पटकपटक आफ्नो समस्याबारे बुझाउँदा बेवास्ता गरेको भन्दै समस्या सामाधानको माग सहित चरणबद्ध आन्दोलन गरिने जनाएका थिए ।

बैशाख ६ गते हेटौंडा बजारको मुख्य चोकमा, सवारी साधनमा कालो झण्डा राख्ने र बागमती प्रदेश सरकारलाई ध्यानकर्षणपत्र बुझाउने, ७ गते विषयगत समस्याका सम्बन्धमा अन्तरक्रिया गर्ने बताएका थिए ।

तेस्रो दिन बैशाख ८ गते हेटौंडा नगर क्षेत्रमा प्लेकार्डसहित बिरोध प्रदर्शन गर्दै बैशाख १० गते शान्तिपूर्ण धर्ना कार्यक्रम गर्ने र बैशाख ११ गते मकवानपुर जिल्ला बन्द गर्ने घोषणा गरिएको हो ।

मजदुर संघका दिनेश लामाले आइताबार जानकारी दिए अनुसार मागको सम्बोधन गरिएकाले आन्दोन स्थगित गरिएको छ ।

उनले भने अनाधिकृत रुपपमा प्रतिलिपी बाट स्टीकर पाएका सवारी साधनको छानबिन गरि प्रतिबन्ध लगाउने, ३ पाङ्ग्रे सवारी साधन तथा ट्राफिक व्यवस्थापन कार्यसालामा मजदुर संघको तर्फबाट प्रतिनिधित्वकालागी १ सदस्य थप गर्ने सहमती भएको छ ।

सहमती भएक कारणै आन्दोलनलाई स्थगित गरिएको हो ।

हेटौंडा उपमहानगर प्रमुख मिना कुमारी लामाको प्रमुख आतिथ्तामा बसेको बैठकमा हेटौंडा उपमहानगर प्रवक्ता सविन न्यौपाने वडा नम्बर २,३,९ र १० का अध्यक्ष लगायको उपस्थितिमा माग सम्बोधन गरिएको मजदुर संघका अध्यक्ष काजीमान तितुङले बताए ।