नेपाली सांगीतिक क्षेत्रमा फरक पहिचान बनाउन सफल गायक प्रकाश सपुतको नयाँ गीत ‘सकम्बरी’ निकै चर्चामा छ ।

कहिले गीत चोरीको त कहिले समाजको गलत चित्रणको आरोप लाग्ने गरेसंगै अहिले महिलाको चरित्रलाई लिएर गलत भाष्य निर्माण गर्न खोजेको भन्दै केहीले आरोप लगाएका हुन् ।

अघिल्लो साल सार्वजनिक भएको ‘पिर’ मा माओवादी महिला क्रान्तिपछि जीवन निर्वाहका लागि यौनधन्दा गर्न बाध्य भएको सामान्यीकरण गरेको विषयलाई लिएर ठूलै विरोधको घेरामा परेको थियो ।
तर, केही पक्षले समाजको यर्थाथलाई चित्रण गरिएको भन्दै तारिफ पनि गरिरहेका छन् ।
६ दिन अघि सार्वजनिक भएको ‘सकम्बरी’ ले धेरैको मन जितेको छ नै
यो समाचार तयार पारिसक्दाको समय सम्म ९. १ मिलीयन भ्युज भएको छ ।
युट्युबको ट्रेडिङ्गमा समेत परेको छ ।
भिडियोमा सुनिल थापा, प्रकाश सपूत, कुशुम शर्मा,निक्स शर्मा लगायतका कलाकारहरुको अभिनय छ। सपूतकै कथा एवम् निर्देशन र सुनिल बिकको सह निर्देशन रहेको छ।

विशाल घिमिरे सृजनात्मक निर्देशक हुन्। नवराज उप्रेतीले खिचेको भिडियोलाई प्रविन भट्टले सम्पादन गरेका छन्।
यतिबेला ‘सकम्बरी’मा अभिनय गरेकी कलाकार कुशुम शर्माको अभिनयलाई धेरैले रुचाएका छन्।
‘सकम्बरी’ कस्तो लाग्छ भनेर केही आमीले प्रश्न गरेका छौं लागौं त्यस तर्फ