दर्शकहरुको पखाईमा रहेको बलिउड मुवी ‘किसीका भाइ किसीकी जान’को ट्रेलर सार्वजनिक भएको छ ।
दर्शकहरले औधी रुचाइएका बलिउड अभिनेता सलमान खानद्धारा अभिनित बलिउड मुवी ‘किसीका भाइ किसीकी जान’को ट्रेलर सार्वजनिक भएको हो ।
धमाकेदार एक्सन–कमेडी ड्रामा मुवी इदको अवसर पारेर यही अप्रिल २१ मा विश्वव्यापी रिलिज हुँदैछ ।
फराद साम्जी निर्देशित पछिल्लो समयको चर्चामा रहेको बलिउड मुवीमा सलमानसंगै पूजा हेग्डे बेंगोटेस शीर्ष भूमिकामा छन् ।
एक्शन थ्रिलर मुवीमा पहिलो पटक खानको अपोजिटमा पान इन्डिया स्टार पूजा हेगडे मुख्य भूमिकामा देखिएकी हुन् ।
पूजाले आफ्नो अघिल्लो समयमै इन्स्टाग्राममा आफ्ना फ्यानहरूसँग र्याप–अपको जानकारी दिँदै एक अपडेट सेयर गरेकी थिएन्।सार्वजनिक भइसकेको टिजरमा पूजाको लुकले दर्शकलाई तानिसकेको छ ।
करिबतीन मिनेट २५ मिनेट लामो ट्रेलरमा देखिए अनुसार मुवीमा एउटै परिवारको तीन दाजुभाइमध्ये जेठो दाइले विवाह नगरेसम्म अरु भाइको विवाह नहुने अनुमान गर्न सकिन्छ ।























प्रतिक्रिया दिनुहोस्