मकवानपुर उद्योग वाणिज्य संघले आन्तरिक राजश्व कार्यालय, हेटौंडाको प्रमुख कर अधिकृत मोहलाल जिसीको एक कार्यक्रम आयोजना गरी विदाई गरेको छ ।

१ वर्ष ४ महिना मकवानपुरको हेटौंडाको कार्यालयमा प्रमुख भई कार्यरत रहेका कर अधिकृत मोहलाल जिसीलाई मकवानपुर उद्योग वाणिज्य संघले आइतबार एक कार्यक्रम आयोजना गरी विदाई गरेको हो ।

प्रमुख कर अधिकृत जिसीले आफू अधिकृत हुँदा ३३ महिना हेटौंडामा रहेको र अहिले अवकासको समयमा अन्तिम कार्यालय पनि हेटौंडा नै भएको बताए ।

नियमहरुको पालना र कार्यान्वयनको चरणमा बाहेक दुःख दिने नियतले आफू प्रस्तुत नभएको र अब आउने प्रमुख कर अधिकृतबाट पनि सहि कार्यहुने बिश्वास रहेको बताए ।

अध्यक्ष अग्रवालले कार्यसम्पादन गर्न सफल जिसीको प्रशंसा गर्दै सुखद भविष्यको शुभकामना दिएका थिए ।

लामो समय फर्म दर्ता गरी कारोवार नगरेपनि आन्तरिक राजश्व कार्यालयमा गई स्थगन नगरेसम्म कर तथा जरिवाना जोडिने, हिसाव गरिएको करमा छुट नहुने सरकारको स्कीम अनुसार मात्रै जरिवानामा छुट पाइने, फर्म नामसारी गरेपनि आफ्नो पान स्थगन गर्नैपर्ने नगरेमा कर जोडिने विषयहरुमाथी चर्चा गरिएको थियो ।

संघका कार्यवाहक अध्यक्ष अनिल अग्रवालको सभाअध्यक्षतामा गरिएको विदाई कार्यक्रममा फर्निचर व्यवसायी संघका अध्यक्ष कृष्ण अर्याल, संघका संघका पदाअधिकारी लगायतले आफ्ना भनाई राखेका थिए।