बागमती प्रदेश सांसद एवम् सामुदायिक वन उपभोक्ता महासंघ नेपालकी अध्यक्ष भारती पाठकले सामुदायिक वन बिभिन्न बहानामा धनाढ्यको कब्जामा गैरहेको बताएकी छन् ।

सामुदायिक वन उपभोक्ता महासंघ हेटौंडाको दोस्रो अधिबेशनको उद्घाटन गर्दै यस्तो बताएकी हुन् ।

उनले सांसद पाठकले संघिय सरकारले ब्यक्तीलाई बिभिन्न परियोजनाको नाममा ३० बर्षको लागि सामुदायिक वनको भोगचलन गर्न दिने नीति समुदायले जोगाएर राखेको वन विनास तर्फ गइरहेको बताइन् ।

सरकारले बिपन्न समुदायलाई भने १० बर्षको लागि भोगचलन दिने निर्णयले १० बर्षसम्म वन जोगाउन बिपन्न समुदाय प्रयोग गरेर धनाढ्यलाई सुम्पने किसिमको प्राबधान ल्याएकोप्रती सामुदायिक वन उपभोक्ता महासंघ आन्दोलित भैरहेको पाठकको भनाई छ ।

समुदायलाई सम्पन्न र समृद्ध बनाउन सामुदायिक वन उपभोक्ता समुह केन्द्रित भएर स्रोतहरु आउनेपर्ने र समुदायलाई नै माथी उठाउन उनिहरुले नै वन जोगाएको कारण प्राप्त रकमहरु उनिहरुसम्म पु¥याउनुपर्ने राज्यको दायित्व रहेको बताएकी हुन् ।

जलबायु परिवर्तनको असर कम गर्नको लागि दिनरात खटिने समुदायको लागि काम गर्नको लागि सरकार र सरोकारवालालाई आग्रह गर्दै सामुदायिक वनबाट नेतृत्व विकास गर्नुभएका ३ हजार जनाले स्थानिय सरकार र ३० जनाले संघ र प्रदेशमा निर्वाचन जित्नुले पनि समुहमा रहेका महिला, आदिबासी जनजातीको क्षमता विकासमा समेत महत्वपुर्ण भुमिका खेलेको बताइन् ।

सामुदायिक वन उपभोक्ता महासंघ हेटौंडाको अध्यक्ष शम्भुप्रसाद न्यौपानेको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ वाग्मती प्रदेश कोषाध्यक्ष निर्मला न्यौपाने, मकवानपुर अध्यक्ष साधुराम चौलागाई लगाएतले आफ्ना भनाई राखेका थिए ।