विश्व क्षयरोग दिवस २०२३ को अवसरमा बागमती प्रदेश स्वास्थ्य निर्देशनालयद्धारा क्षयरोगको उपचार व्यवस्थापन बारे जानकारी गराइएको छ ।
नेपालमा वार्षिक सरदर १६ हजार क्षयरोगीहरुको मृत्यु हुने एक तथ्याङ्कले देखाएको जानकारी गराइएको हो ।
विश्व क्षयरोग दिवस २०२३ को अवसरमा हेटौंडामा शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै नेपालमा प्रतिवर्ष १६ देखि १७ हजार सम्मका क्षयरोग लागेका विरामीहरुको मृत्यु हुने बताइएको हो ।
नेपालमा वार्षिक ६४ प्रतिशत पुरुष र ३६ प्रतिशत महिलाहरुको मृत्यु हुने राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रको तथ्याङ्क अनुसार देखाएको बताइएको हो ।
प्रतिदिन १२३ नयाँ रोगी पत्ता लगाउने, १८ जनाको मृत्यु हुने र ३४ जना हराउने गरेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
पत्रकार सम्मेलनमा क्षयरोगको उपचार व्यवस्थापन बारे जानकारी गराउदै बागमती प्रदेशको चितवन र कर्णाली प्रदेशको प्युठानमा सुश्म अवस्थामा रहेका क्षयरोगको अध्ययन गर्न डिआर सेन्टर सञ्चालन गर्ने तयारीमा रहेको छ ।
यसले गर्दा सन् २०५० को योजना सफल पार्न सकिने बताइएको हो ।
बागमती प्रदेशमा क्षयरोग लागेका रोगी पत्ता लगाउने कार्यमा आर्थिक ववर्ष २०७ / ७९ मा दोलखामा ६२ जना, सिन्धुपाल्चोकमा २३५ जना, रसुवामा ४० जना धादिङमा तीन सय जना, नुवाकोटमा २१७ जना रोगी रहेको का क्षयरोग फोकल पर्सन जीतेन्द्र कुमार कर्णले बताएका छन् ।
उनका अनुसार काठमाडौंमा तीन हजार ६७३ जना, भक्तपुरमा ६५८ जना, ललितपुरमा ९०१ जना, काभ्रेमा तीन सय जना, रामेछापमा ११५ जना, सिन्धुलीमा ३७४ जना, मकवानपुरमा ६८० जना र चितवनमा एक हजार १९७ जना रहेका छन् ।
कर्णले बताए अनुसार बागमती प्रदेशमा १४ हजार ६१९ पत्ता लगाउने टाग्रेट रहेता पनि ८ हजार ७५२ जना रोगी पत्ता लगाइएको छ ।
तथ्याङ्कले देखाए अनुसार मकवानपुरमा क्षयरोग लागेको विरामीहरु मध्य ३ प्रतिशत विरामीको मृत्यु भएको छ भने प्रायः १५ वर्षदेखी ५० वर्ष सम्म उमेर रहेका मानिसहरुमा क्षयरोग लाग्ने गरेको छ ।
नेपाल सरकारले सन् २०५० मा नेपाललाई क्षयरोग मुक्त बनाउने योजना सहित डट्स नीति ल्याएर कार्य सुरुवात गरिएको पाइएको छ ।
बागमती प्रदेशमा ४ वटा स्थानीय तहले क्षयरोग मुक्त स्थान बनाउन सफल भएको स्वास्थ्य निर्देशनालयका निर्देशक महेश्वरमान श्रेष्ठले बताए ।
उनले मकवानपुरको थाहा नगरपालिका, काठमाडौंको शंकरापुर नगरपालिका, भक्तपुरको चागुँनारायण नगरपालिका र काभ्रेको धुलिखेल नगरपालिकाले क्षयरोग मुक्त स्थानीय तह घोषणा गर्न सफल भएको बताए ।





















प्रतिक्रिया दिनुहोस्