हेटौंडा उपमहानगरपालिका–४ पारिजातपथमा रहेको शिव शिखर बहुद्देश्यीय सहकारी संस्था लि.द्धारा पिडित भएको भन्दै
बचतकर्ताहरु भौतारिएका छन् ।
सहकारीले आफ्नो बचत गरेको रकम खाएर सहकारी नै बन्द गरेर सञ्चालकहरु करोडौं रुपैयाँ जोखिममा परेको भन्दे बचतकर्ताहरुले गुनासो गरिरहेका छन् ।
गएको फाल्गुन १० गते सहकारीको कार्यालयमा चल्ती खातामा रहेको रकम झिक्न आएपछि कुनै बिदाको दिन नभएपनि ढोकामा ताल्चा लगाएको देखेपछि बचतकर्ताहरुले आन्दोलन गरेका थिए ।
हेटौंडामा १६ औं शाखाका रुपमा करिब ३ करोड रुपैयाँको लागतमा २०७७ पुष ६ गते डिपार्टमेन्ट स्टोर समेत सञ्चालनमा आएको हो ।
सहकारीमा आवद्ध व्यक्तीहरुको फोन स्वीचअफ रहेकाले सञ्चालकहरुको खोजी गरि सहकारी सञ्चालन गर्न र बचतकर्ताहरुको बचत रकम क्रमिक रुपमा फिर्ता गराईपाउँ भन्दै आवाज उठाईरहेका छन् ।
यसैक्रममा बचतकर्ताहरुले संर्घष समितिद्धारा हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ वडा कार्यालय, जिल्ला प्रशासन कार्यालयमा सहकारीका सञ्चालक खोजीगरेर सहकारी सञ्चालन गर्न र बचतकर्ताहरुको बचत रकम क्रमिक रुपमा फिर्ता गराईपाउँ भन्दै निबेदन पत्र सहित पुगेका हुन् ।
बचतकर्ताका अनुसार सहकारीमा करोडौं रुपैयाँ बचतमा रहेको छ ।



















प्रतिक्रिया दिनुहोस्