राष्ट्रिय मानसिक स्वास्थ्य स्वावलम्बन संगठन (कोशिश) संस्थाको आयोजनामा मनोसामाजिक सु-स्वास्थ्यका लागि मिडियाको भूमिका विषयक अन्तरक्रिया गरिएको छ ।

नेपाल पत्रकार महासंघ मकवानपुर शाखाको समन्वयमा  हेटौंडामा श्क्रबार एक कार्यक्रमको आयोजना गर्दै उक्त कार्यक्रम गरिएको हो ।

पत्रकार महासंघ मकवानपुरका कार्यबाहक अध्यक्ष ध्रुव अधिकारीको सभाध्यक्षतामा भएको कार्यक्रममा मानसिक स्वास्थ्यको अवस्थाका कारण भयावह बन्दै गएको र समस्या र यसमा मिडियाले गर्न सक्ने भुमिकाको बारेमा जानकारी गराइएको हो ।

अहिले मनोसामाजिक स्वास्थ्य समस्या, मिडियाले यस विषयमा लेखेका समाचार र यसमा रहेका विद्यमान कानूनका विषयमा सहजीकरण गरिएको थियो ।

मकवानपुरे सञ्चारकर्मीको सहभागितामा कोशिशका कार्यक्रम संयोजक थम कुमारी कुँवर, डब्लुएचओका डा. अनुप विसी, मनोविद संगिता खड्का लगायतकाले कार्यपत्र प्रस्तुत गरेको हुन् ।

कार्यक्रममा सुधारका निमित्त अबका दिनहरुमा यसलाई न्यूनीकरणका लागि सबै पक्षबाट उत्तिकै जोड दिनुपर्ने बताइएको थियो।

मनो सामाजिक अपाङ्गता भएका व्यक्तिहरुको अवस्था हृदयविदारक रहेको उल्लेख गर्दै माया ममता दिएर औषधि उपचार तथा परामर्श दिनुको साटो सामाजबाटै बहिष्कार गरेका कारण भयावह बनिरहेको बताइएको हो ।

नेपालमा अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सम्बन्धी ऐन, २०७४ ले प्रकृतिको आधारमा दशवटा अपाङ्गता किसिम रहेको छ ।