काठमाडौंको बालाजु क्षेत्रमा प्रहरीको भ्यानमाथि आगजनी र सवारीआवत जावतमा अवरोध पुर्‍याएको आरोपमा चारजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

ढुंगामुढा र आगजनीमा संलग्न अन्यको खोजीकार्य भइरहेको उपत्यका प्रहरीले जनाएको छ।

मजदुरमाथि भएको हातपातको विरोधमा भन्दै काठमाडौँ उपत्यकाभित्र सम्पूर्ण यातायात नचलाउने घोषण गरेर नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले प्रदर्शन गरेका थिए।

मङ्गलवार बालाजु क्षेत्रमा सडक बन्द गरेर आन्दोलनरतहरुले बालाजु क्षेत्रमा बाइपास, माछापोखरी सडकमा प्रहरीको भ्यानमा समेत आगजनी गरेका थिए ।

सडकमै प्रहरीको एउटा भ्यानमा आगो लगाएसंगै सडकमा राखेको डिभाइडर पनि जलाएका थिए ।

प्रहरीका अनुसार घटनामा करिब आधा दर्जन अधिक प्रहरी घाइते भएका थिए।

प्रदर्शनकारीहरू भने घाइते नभएको र प्रदर्शनकारीको ढुंगामुडाबाट केही सवारीसाधनमा क्षति पुगेको छ।