हेटौंडा उपमहानगर–४ नम्बर वडा कार्यालयको आयोजनामा बृहत शैक्षिक प्रदर्शनी तथा सांस्कृतिक कार्यक्रम शुरु भएको छ ।

शैक्षिक गुणस्तर सुधार समिति हेटौंडा–४ को व्यवस्थापनमा आज माघ २० गते बिहान देखिनै प्रदर्शनी तथा सांस्कृतिक
कार्यक्रममाका लागि वडा भित्र रहेका बिद्यालयका बिद्यार्थीहरु आएका हुन् ।

४ नम्बरवडा कार्यालयका अध्यक्ष नबिन सिग्देलले कार्यक्रममा १० हजार जनाले अवलोकन गर्ने अपेक्षा रहेको बताए ।

शिक्षालाई गुणस्तर सुधारको लागि प्रतिस्पर्धाले महत्वपुर्ण भुमिका निर्वाह गर्ने बताए ।

हेटौंडाको रोयल पार्टी प्यालेसमा शुरु गरिएको र बाहिर पट्टि स्टलहरु राखेर प्रदर्शनीलाई व्यापक बनाइएको छ ।
वडा अध्यक्ष सिग्देलले वताए अनुसार वडा नम्बर–४ का निजी तथा सरकारी बिद्यालय तथा क्याम्पसको सहभागितामा कार्यक्रम गरिएको र आज दिनभर कार्यक्रम हुने छ ।