रोशन दिप – बागमती प्रदेशको राजधानी हेटौंडा उपमहानगरपालीका वडा नं ४ स्थित हेटौंडा क्याम्पसमा Student Quality Circle( SQC) अर्थात विद्यार्थी गुणस्तर सर्कल पुनर्गठन गरिएको छ ।

। संचारकर्मी तथा साहित्यकार “युवराज विश्वकर्मा”को संयोजकत्वमा उक्त सर्कल पुनर्गठन गरिएको हो ।

वित्त तथा बजारशास्त्र विभाग प्रमुख लिलानाथ ढुंगेलबाट प्राप्त जानकारी अनुसार विद्यार्थीलाई सक्रिय बनाउन र शिक्षण सिकाई प्रभावकारी बनोस भन्ने हेतुले गठन गरिएको सर्कलमा ११ सदस्यीय समिति गठन गरिएको हो।

त्यसै गरी क्याम्पसमा हिजोका दिन देखि आजसम्म देखिएका र आगामी दिनहरुमा पनि देखा पर्न सक्ने समस्याको समाधान र क्याम्पसको समग्र शैक्षीक विकासका लागी सग्दो सहयोग पुगोस भनेर आफ्नो तर्फबाट बुलन्द तरीकाले पहल कदम चलाउने संयोजक विश्वकर्मा बताएका छन् ।

विश्वकर्माको संयोजकत्वमा गठन गरिएको ११ सदस्यीय समितिमा निशान बिडारी, अमृता सापकोटा, विशेषता उप्रेतीलाई सदस्यमा चयन गरिएको छ भने सरिता तितुङ, रिगेन श्रेष्ठ, रोशन तिमल्सिना, सन्ध्या थपलिया, भगवती तिमल्सिना, समन सापकोटालाई समितिको सदस्यमा चयन भएका छन् ।