मकवानपुरगढी गाउँपालिकामा बग्ने सामरी खोलामा आएको बाढीका कारण क्षति पुग्ने सम्भावित क्षेत्रहरुको अनुगमन गरिएको छ । दुई दिन देखी निरन्तर परिरहेको पानीले गर्दा सामरी खोलाको बहाव बढेको छ ।
खोलामा बाढी बढ्दोक्रममा रहेकाले गाउँपालिकाका उपाध्यक्ष मानकुमारी पाख्रीन सहित वडा ५ का वडा अध्यक्ष एंव पालिकाका प्रवक्ता दिपेश दाहाल, वडा ३ का अध्यक्ष भागवत घिमिरे, योजना शाखा प्रमुख प्रकाश न्यौपाने सहितको टोली सामरी खोलामा आएको बाढीका कारण पुग्ने सम्भावित क्षेत्रहरुको प्रारम्भिक अनुगमन गरिएको छ ।
मंगलबार सामरी खोला क्षेत्र वडा नम्बर ५,३,६ र ४ का विभिन्न स्थानहरुमा जनप्रतिनिधिहरु सहितको टोलीले अनुगमन गरिएको प्रवक्ता दाहालले बताए । हाल सम्म कुनै त्यस्तो क्षति नभएको उनले बताए । गाउँपालिका भित्र हाल सम्म कुनै बाढी पहिरोबाट कुनै क्षति नभएको समेत बताएका छन् ।
दुइदिन देखी परिरहेको पानीका कारण हेटौंडाबाट काठमाडौं जाने कान्तिराज पथ पहिरोका कारण अवरुद्ध भएको प्रहरीले जनाएको छ भने अन्य सडक सञ्चालनमा आएको जनाइएको छ ।





















प्रतिक्रिया दिनुहोस्