राष्ट्रिय औद्योगिक व्यापार महोत्सव २०७९ बागमती प्रदेश राजधानी हेटौंडामा हुने भएको छ । उद्योग वाणिज्य संघ मकवानपुरको आयोजनामा आउँदो माघ ११ गतेबाट २३ गते सम्म हुने भएको हो ।
संघका अध्यक्ष कृष्णकुमार गुप्ताले बताए अनुसार संघले बुधबार पत्रकार सम्मेलन गर्दै हेटौंडा १० स्थित टिसिएन चौरमा १३ दिन महोत्सव गर्न लागेको हो । यो हाम्रो १० औं व्यापार महोत्सव हो, गुप्ताले भने । २०४२ सालमा नेपालमै पहिलो पटक हेटौंडामा औद्योगिक व्यापार मेला गरिएको बताउँदै अध्यक्ष गुप्ताले भने २०४३,२०५३,२०५५,२०५६ सालमा औद्योगिक व्यापार मेला गरेका थियौं ।
२०६६ सालमा मध्यमाञ्चल औद्योगिक व्यापार मेला गरिए पछि संघको आयोजनामा २०६८,२०७०,२०७२ र २०७५ मा राष्ट्रिय औद्योगिक व्यापार मेला गरिएको बताए । यस वर्ष देशकै आर्थिक विकासमा टेवा पु¥याउने उद्देश्यले १० औं राष्ट्रिय औद्योगिक व्यापार महोत्सव आयोजना गरिन लागिएको गुप्ताले बताएका छन् ।
महोत्सवमा ३ सय स्टलहरु रहने र २ लाख भन्दा बढी दर्शकहरुले अवलोकन गरिने अनुमान गरिएको जनाइएको छ । महोत्सवमा स्थानीय तथा राष्ट्रिय उत्पादन तथा सेवाहरुको बृहत व्यापार मेला, सूचना प्रविधि, हस्तकला प्रर्दशनी, कृषि उत्पादनको प्रदर्शनी, क्रेता विक्रेता अन्तरक्रिया कार्यक्रम, स्थानीय तथा राष्ट्रियस्तरका कलाकारहरुद्वारा साँस्कृतिक कार्यक्रम, राष्ट्रियस्तरका व्यावसायिक गोष्ठी तथा सेमिनार, शैक्षिक, घरजग्गा, अटो, खाना तथा साँस्कृतिक मेला, पर्यटन प्रवद्र्धनका विविध कार्यक्रमहरु, बाल उद्यानको व्यवस्था, राष्ट्रिय स्तरका उद्योगहरुको उत्पादन प्रर्दशनीहरु हुने गुप्ताले बताए ।





















प्रतिक्रिया दिनुहोस्