धान कुट्ने मिलको फित्तामा बेरिएर आज बिहीवार धनुषामा एक महिलाको ज्यान गएको छ ।

धनुषाको मिथिला बिहारी नगरपालिका वडा नंं ५ ललिया घर भएकी कालोदेवी साहको मिलको फित्तामा बेरिएर ज्यान गएको प्रहरीले जनाएको छ । उहाँ स्थानीय रामअशिष मण्डलको मिलमा धान कुटाउन जानुभएको थियो ।

प्रहरीले घटनास्थलको मुचुल्का गरि मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम ल्याएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।