काभ्रेको बेथानचोक गाउँपालिका–४ चलाल गणेशस्थानमा बस दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ ।

बेथानचोक(५ च्याल्टीमा ब्रतबन्धनमा सहभागी भएर पनौती नगरपालिका(४ सल्ले फर्किदै गरेको बा ३ ख ४३८५ नम्बरको बस दुर्घटनामा परेको बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले जानकारी दिएका छन्। उनका अनुसार दुर्घटनास्थलमा १६ र अस्पताल लैजाँदै २ जनाको मृत्यु भएको हो। दुर्घटनामा घाइते भएकाहरुको अवस्था हेरी काभ्रेका विभिन्न अस्पतालमा उपचार भइरहेको अध्यक्ष अधिकारीले बताए।