जिल्ला समन्वय समिति मकवानपुरले स्थानीय तहको नदिजन्य पदार्थको स्टक प्रमाणित गरिएको र अब दुइ वटा स्थानीय तहको मात्र बाँकी रहेको जानकारी गराएको छ ।
शुक्रबार पत्रकार सम्मेलन गर्दै मकवानपुरका सात वटा स्थानीय तहका ५१ वटा क्रसर उद्योगको नदिजन्य पदार्थको स्टक प्रमाणित गरिएको र धेरैजसो क्रसर उद्योगले जरिवाना रकम तिर्नुपर्ने भएको जानकारी गराएको हो।
समन्वय समितिका प्रमुख ललित घलानले समन्वय समितिका उपप्रमुख सानोकाजी लुइटेल, सदस्यहरु, कर्मचारीहरु लगायतकाको सहभागितामा जानकारी दिदै चालु आर्थिक वर्षको तीन महिनामा गरेका कामको विवरण पनि पेश गरेका छन् ।
















प्रतिक्रिया दिनुहोस्