बलात्कारको अभियोगमा प्रहरी हिरासतमा रहेका सन्दीप लामिछानेलाई थप ५ दिन थुनामा राख्न अनुमति दिएको छ।

बिहिबार जिल्ला अदालत काठमाडौँले नाबालिका बलात्कार आरोपमा पक्राउ परेका लामिछानेलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो।

बिहीबार पुनः ७ दिन म्याद प्रहरीले मागेको थियो। अदालतले भने ५ दिन म्याद थपेको छ।